नेपालीले केरुङ–काठमाडौँ–लुम्बिनीसम्म रेलमार्गले जोडेको हेर्न चाहेका छन् –राष्ट्रपति भण्डारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालीले केरुङ–काठमाडौँ–लुम्बिनीसम्म रेलमार्गले जोडेको हेर्न चाहेका छन् –राष्ट्रपति भण्डारी


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरेकी छिन् ।

उनले रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिपे्रक्षमा नेपालीहरुको यो चाहना छिटै पुरा हुने बताएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस