चिनियाँ राष्ट्रपति सी को सम्मानमा यस्तो छ रात्रीभोजको मेन्यू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिनियाँ राष्ट्रपति सी को सम्मानमा यस्तो छ रात्रीभोजको मेन्यू


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटेल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा युरोपियन र चाइनिज परिकारसहित केही नेपाली मौलिक परिकार पस्किइँदै छ ।

मेन्युअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमीसँग भटमास साँधेको दिइनेछ । त्यसपछि कुरिलो र क्वाँटीको रस दिइनेछ ।

त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने छ ।

अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस