चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ ओर्लिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ ओर्लिए


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।

भारतको चेन्नाइबाट उनी एयर चाइनाको बोइङ ७४७–८९ एल जहाजमार्फत नेपाल ओर्लिएका हुन्।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई विमानस्थलमै गार्ड अफ अनरको सम्मान दिइदैछ । राष्ट्रपति सीसँग विमानस्थलमै प्रधानमन्त्री, मन्त्रीहरु र उच्च पदस्थहरुको परिचयात्मक कार्यक्रम राखिएको छ ।

यस पछि राष्ट्रपति सी होटल सोल्टीमा पुग्ने छन् । आज साँझै राष्ट्रपति भण्डारी र सी बीच भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग राष्ट्रपति सीको भेटवार्ता हुनेछ ।

७ः३० बजे राष्ट्रपति सीलाई रात्रिभोज दिइनेछ । आइतबार बिहान १०ः३० बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ । ११ः३० बजे प्रधानमन्त्री ओली सँग भेटवार्ता तथा द्विपक्षीय समझदारी हुनेछ ।

राष्ट्रपति सी दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस