२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीबाट मखानखेती लोप हुन थाले

अ+ अ-

जलेश्वर । कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँ पोखरीमा माछापालन गर्न थालेपछि महोत्तरी जिल्लाबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् ।

जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मानिसको मृत्यु संस्कार र श्राद्ध कर्मसमेतमा मिथिलामा मखानको प्रयोग हुने गर्दछ । निक्कै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातित हुन थालेकाले जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया बताउछन् ।

धेरै आम्दानीका लागि किसान माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरुको पेशा सङ्कटमा परेको छ । विशेषगरी पोखरी तलाउमा गरिने मखानखेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मिहेनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जाति मखानखेतीतर्फ दिनप्रतिदिन आकर्षित भएका थिए । अहिले यस पेशाप्रति किसान उदासिन देखिएका छन् ।

मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिनरुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुँटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलाप देखिन छाडिएको छ । मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रलगायत दर्जनौँ गाउँमा करीब २५० बढी पोखरीमा गरिन्थ्यो तर अहिले कताकतै मात्र हुने गरेको स्थानीय बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस