राष्ट्रपति सीको स्वागतमा उपस्थित हुन कर्मचारीलाई उर्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति सीको स्वागतमा उपस्थित हुन कर्मचारीलाई उर्दी


२४ आश्विन २०७६, शुक्रबार


काठमाडौँ । सरकारले शनिबार काठमाडौँ आउने चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका लागि उपस्निथित हुन निजामती कर्मचारीलाई उर्दी जारी गरेको छ ।

राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ः१५ बजे आउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस