२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी सेवा जिम्मेवार बनोस् : मुख्यमन्त्री राउत

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सेवालाई समयसापेक्ष बनाउनु आवश्यक भएको बताएका छन् । ६४औँ प्रहरी दिवस–२०७६ का अवसरमा प्रदेश नं २ प्रहरी कार्यालयद्वारा आज जनकपुरधाम आयोजित समारोहमा मुख्यमन्त्री राउतले पुरानै कार्यशैलीबाट शान्तिसुरक्षा कायम असम्भव रहेको प्रसङ्ग उल्लेख गरे ।

उनले प्रहरीले निर्दोषलाई दोषी बनाउने क्रियाकलापको अन्त्य गर्दै मुस्कानसहितको सेवालाई चरितार्थ गर्नु जरुरी छ भने ।

मुख्यमन्त्री राउतले प्रहरी हाम्रै बीचको साथी नै हो भन्ने भावनाको विकासका लागि हिजोका विकृति र कमी–कमजोरीबाट उन्मुक्ति पाउनु आवश्यक छ भन्दै पुरानो सोच त्याग गरी इमान्दारीका साथ जिम्मेवारी बहन गर्नुपर्ने खाँचो औँल्याए ।

प्रदेश सरकार प्रहरी सङ्कायलाई संघीयताअनुरूप प्रविधियुक्त र स्रोतसाधनले सम्पन्न बनाउने सन्दर्भमा गम्भीर रहेको चर्चा गर्दै उनले प्राकृतिक विपद्का बेला प्रहरीले पुर्‍याएको सेवा प्रशंसनीय भएको प्रसङ्ग उल्लेख गरे ।

हिजोका दिन बिर्सिंदै प्रहरी सङ्कायलाई समसामयिक हिसाबले तयार गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकार प्रहरी सेवा जिम्मेवार बनोस् भन्ने चाहना राखेको बताए ।

आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय संरचना अनुरूपको नयाँ प्रहरी ऐन निर्माणको खाँचो औँल्याए । प्रहरीको क्षमता अभिवृद्धि, वृत्ति विकास, समयसापेक्ष कार्य सम्पादन योग्य बनाउने व्यवस्थापनका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।

समारोहमा प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रहरीका गतिविधि बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस