२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् ।

चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

‘हामी आज यस्तो बेलामा छौँ, जति बेला एउटा शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ, भ्रमणको सफलताका लागि भव्य तयारी गरिएको छ, हामी विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ विभिन्न लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने ।

एउटा शान्तिपूर्ण र विकासको बाटामा तीव्रताका साथ अगाडि बढेर विश्वको ठूलो अर्थतन्त्र र महान्शक्ति राष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लाग्नुभएकाले सुरक्षा निकायले पनि आफ्ना क्षेत्रबाट तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश भ्रमणका जाँदा पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने स्मरण गरे ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताए ।रासस

प्रतिक्रिया दिनुहोस