२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदा सकिए पनि सरकारी कार्यालय दिनभर सुनसान

अ+ अ-

भक्तपुर । सरकारले दिएको दशैको विदा विहिवारदेखि सकिए पनि दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान नै देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमासमेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान देखिएका हुन् ।

दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरूमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कर्मचारी अत्यन्त न्यून उपस्थिति भए र सेवाग्राही पनि कम आउँदा कार्यालय दिनभरी नै सुनसान देखिएको थियो। यातायात कार्यालय जगातीमा भने केही सेवाग्राही आएपनि आएका सेवाग्राहीको समयमै काम सकिएको र अन्य सेवाग्राही नआएको भन्दै कार्यालय समय भन्दा दुई घण्टा अगावै कार्यालय बन्द भएको थियो।

त्यसैगरी आन्तरिक राजश्व, पशु, स्वास्थ्य, डिभिजन सडक, खानेपानी, घरेलु, शिक्षा लगायतका अधिकांश कार्यालयमा सेवाग्राही नआएको र कर्मचारी पनि न्यून उपस्थिति भएपछि कार्यालय दिनभरी नै सुनसान देखिन्थे।

सेवाग्राही नआएपछि र कर्मचारीको उपस्थिति पनि कम भएपछि अधिकांश सरकारी कार्यालय आज ३ बजे नै बन्द भएका थिए। आफूले पाउने अन्य बिदा कटाएर कर्मचारीले दशैंमा बिदा थप गरेर जाने भएकाले पनि कर्मचारीको उपस्थिति न्यून भएको जिल्लाका अधिकांश सरकारी कार्यालय ३ बजे नै बन्द भएका थिए। खुलेका केही कार्यालयमा पनि कार्यालय सहायक मात्रै थिए।

धेरैजसो कार्यालयमा कार्यालय प्रमुख समेत नआएपछि कतिपय आएका कर्मचारी पनि हाजिर गर्दै निस्किएका थिए। जिल्लाका नगरपालिकामा समेत कर्मचारी र सेवाग्राही कम रहेको पाइएको थियो।

नेपालीहरुको महान चाड बडादशै पूर्णीमासम्मै मनाउने भएको र सरकारले बिदा कटाएकोले पनि कर्मचारी आफ्नो बिदा काटेर पनि बसेका थिए । टाढा घर भएका कर्मचारीले टिका लगाउन अन्यन्त्र पनि जानु पर्ने भएकोले आई पुग्न समय लाग्ने उपत्यका बाहिरका कर्मचारीको भनाई छ । राससको सहयोगमा