बढी भाडा लिने चालकलाई कारवाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बढी भाडा लिने चालकलाई कारवाही


२३ आश्विन २०७६, बिहिबार


यातायात मजदुर

दमौली । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो ।

ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको हो । ‘साविकभन्दा बढी भाडा लिएको पाइएपछि चालकलाई जनही रु एक हजार जरीवाना गरिएको हो’, उनले भने ।

यस्तै काठमाडौँदेखि पोखरासम्म चल्ने माइक्रोबसका चालकले यात्रुको सामान छतमा राखेबापत् रु एक हजारसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले चार माइक्रोबसका चालकलाई कारवाही गरेको छ ।

‘चालकलाई जनही रु एक हजार पाँच सय जरिवाना गरेका छौँ’, उनले भने । चाडपर्वको बेला यात्रुको बाध्यतालाई चालकले मौकाको फाइदाका रुपमा लिँदै बढी भाडा असुल्ने गरेका छन् । बढी भाडा लिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर जानकारी गराउन अधिकारीले यात्रुलाई आग्रह गरे ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस