सोनसिकको दसैँ कार्यक्रम भब्यरुपमा सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सोनसिकको दसैँ कार्यक्रम भब्यरुपमा सम्पन्न


२३ आश्विन २०७६, बिहिबार


कोरिया । नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) द्वारा ग्वाङ्जुमा बृहत् दसैँ विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो दिन कोरियाको विभिन्न ठाउँबाट भेला भएका नेपालीहरूले संयुक्त रूपमा नेपाली खानाका परिकारहरू बनाउँदै नेपाल र नेपालीलाई माया तथा सहयोग गर्ने विभिन्न कोरियन तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा दसैँको शुभकामना आदान प्रदान गरिएको थियो । सोही अवसरमा अन्तरक्रियाका साथै सोनसिकको १५औँ कार्यसमितिलाई सम्मान तथा बिदाइ पनि गरिएको थियो।

रात्रि भोजमा नेपाली खानाको स्वाद लिएपछि कार्यक्रमलाई थप रोमाञ्चक बनाउनका लागि सोनसिक सांस्कृतिक समूहबाट मालश्री धुन र विभिन्न नेपाली प्रसिद्ध गीतहरू प्रस्तुत गरिएको सांस्कृतिक विभाग संयोजक टोंकिंग बास्तोलाले जानकारी दिए ।

दोस्रो दिन ग्वान्जाओ इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, यलो प्लअर फेस्टिभल भ्रमणसहित पुनः एक आपसमा विजयादशमीको शुभकामना आदानप्रदान गरी कार्यक्रम समापन गरिएको संस्थाका सभापति प्रकाश देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस