चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तालिका सार्वजनिक, शनिबार नेपाल आउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तालिका सार्वजनिक, शनिबार नेपाल आउने


२२ आश्विन २०७६, बुधबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । उनी ११ अक्टोबर भारत गएर १२ अक्टोबरमा नेपाल आउन लागेका हन् ।

Tags :
प्रतिक्रिया दिनुहोस