आचरण र व्यवहार बिगार्नेलाई छाडिदैनः प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आचरण र व्यवहार बिगार्नेलाई छाडिदैनः प्रधानमन्त्री ओली


२० आश्विन २०७६, सोमबार


अस्पताल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र नैतिक आचरण बिग्रेका कसैको पनि मुख नहेरिने बताएका छन् । उनले यो सरकारले भ्रष्टाचार नैतिक आचरण नभएका जो कोहीलाई कारबाही गर्ने बताएका हुन् ।

‘तपाइहरूले देख्दै र सुन्दै आउनु भएको छ, जस्तो सुकै हैसियतमा भए पनि हामी कसैलाई छाड्दैनौ’ प्रधानमन्त्री ओलीले भने ।

सोमबार झापाको दमकमा आफैले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार विरुद्ध निर्मम रूपमा प्रस्तुत हुने बताएका हुन् ।

सरकारले केही गरेन भनेर कुरा काट्ने जमातलाई भन्दा आफूहरू काम र जनताको पीरमार्कालाइ केन्द्रमा राखेर काम गर्दै आएको उनको भनाई छ ।

‘एक वर्षमा सरकारले देशभर एक हजार ६ सय किलोमिटर सडक कालोपत्रे गरेको बताउँदै यति धेरै कालोपत्रे कुनै सरकारले एक वर्षमा यो भन्दा अघि गरेको भए त्यो कसैले देखाए हुन्छ’, उनले भने ।

उनले एक वर्षको अवधिमा चार सयभन्दा बढी खोलामा पुल बनेको पनि बताए ।

प्रधानमन्त्री ओलीले धार्मिक सहिष्णुता तथा चाडपर्वप्रति वितृष्णा सिर्जना गर्ने तत्त्वहरू सक्रिय रहेको भन्दै सचेत हुन आग्रह गरेका छन् । बडा दसैँ नेपालीहरूको सबैभन्दा महत्त्वपूर्ण र विशेष चाड भएको र हरेक नेपालीहरूको पहिचान भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस