टेस्ट क्रिकेट : भारतद्वारा दक्षिण अफ्रिका पराजित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टेस्ट क्रिकेट : भारतद्वारा दक्षिण अफ्रिका पराजित


१९ आश्विन २०७६, आइतबार


विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ ।

जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए ।

तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए ।

यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस