काठमाडौँ । नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा शनिवार आयोजित फुलपाती बढाइँ समारोह सम्पन्न भएको छ ।
राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालित समारोहमा नेपाली सेनाको बढाइँ टोलीले सलामी अर्पण गरे पश्चात् बडा दसैँ २०७६ को उपलक्ष्यमा राइफलले विभिन्न पाटाहरूबाट छिटो लहरे बढाइँ, लहरे बढाइँ, एकठ्ठा बढाइँ, षट्कोण फर्मेसन तथा नेपालको झन्डा फर्मेशनमा बढाइँ र तोपबाट बढाइँ गरेको थियो ।
समारोहलाई थप उल्लासमय बनाउन यस वर्षबाट नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको सेनाले जनाएको छ ।
सोही अवसरमा प्रधानसेनापति पूर्ण चन्द्र थापाले कालीभक्ती गण (ई) र ऋद्धिदल गणलाई निशान र केन्द्रीय तहको युद्ध कार्य तयारीपन २०७५ मा गुल्मतर्फ प्रथम हुने श्री बक्स गुल्मलाई प्रधानसेनापति ब्यानर प्रदान गर्नुका साथै ३२ जना प्रमुख सुबेदार र सुबेदारहरूलाई मानार्थ उप सेनानी दर्जाको चिन्ह समेत प्रदान गरेका छन् ।













