२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व ट्रेड युनियन महासंघ श्रमिकहरूको हक अधिकारका लागि : संयोजक खनाल

अ+ अ-

काठमाडौँ । विश्व ट्रेड युनियन महासंघ नेपालका संयोजक तथा प्रेसीडेन्सील काउन्सिल सदस्य प्रेमल कुमार खनालले विश्व ट्रेड युनियन महासंघको स्थापना मूलतः साम्राज्यवाद, पुँजीवाद, फांसीवादको विरोध गर्ने र श्रमिकहरूको हक अधिकारका लागि भएको बताएका छन् ।

विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघको ७४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् ।

विश्व ट्रेड युनियन महासंघकै पहल र नेतृत्वमा आईएलओ बाट पारित सङ्गठन स्वतन्त्रता सम्बन्धी अभिसन्धी नं ८७ र सामूहिक सौदावाजी सम्बन्धी अभिसन्धी नं ९८ पारित गराउने काम भएको बताउँदै खनालले आज संसारभरका श्रमिकहरू यही अभिसन्धीमा उल्लिखित अधिकार उपयोग गर्दै आएको बताए ।

उनले भने अगाडी विश्व ट्रेड युनियन महासंघले साम्राज्यवाद र पुँजीवादले गरेको युद्ध हत्या हिंसा आतङ्कबाट श्रृजित परिणामका विरुद्ध विरुद्ध ‘नव पांसीवाद, जेनोफोवीया र जाती वादको विरोध गरौँ’भन्ने मूल नारा अगाडी सार्दै विश्व व्यापी अभियान सञ्चालन गरेको हो ।

कार्यक्रममा पेशागत महासंघ, नेपालका महासचिव विष्णु प्रसाद लामिछाने, राष्ट्रिय सभासांसद उदया शर्मा, क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव मेघ बहादुर खत्री, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव भरत ढकालले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विश्व ट्रेड युनियन महासंघ नेपाल समन्वय समितिका सह–संयोजक मोहन मान स्वाँरले गरेका थिए भने सञ्चालन समन्वय समितिका सदस्य लाल बहादुर पाख्रिनले गरेका थिए ।

विश्व ट्रेड युनियन महासंघमा नेपालबाट आबद्ध ७ वटा ट्रेड युनियन महासङ्घहरूको संयुक्त आयोजनामा नेपालमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस