धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा


१६ आश्विन २०७६, बिहिबार


काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस