चौबिसै घण्टा सुरक्षा व्यवस्था मिलाउन गृहको निर्देशन, गुनासोका लागि सम्पर्क नम्बर (७७ जिल्ला) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चौबिसै घण्टा सुरक्षा व्यवस्था मिलाउन गृहको निर्देशन, गुनासोका लागि सम्पर्क नम्बर (७७ जिल्ला)


१६ आश्विन २०७६, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले आगामी दशैंका अवसरमा आवश्यकताअनुसार २४ सै घण्टा कडा सुरक्षा व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

बुधबार एक वक्तव्य जारी गर्दै ७७ वटै जिल्ला प्रशासन र प्रहरी अधिकारीको मोबाइल नम्बरसहित गृहले सो जानकारी गराएको हो ।

गृह मन्त्रालयले चाडपर्व शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्दै खाद्यान्नलगायतमा विभिन्न ठगी तथा अपराधका घटना भएको पाइएमा सो सम्बन्धी सूचना नजिकको प्रशासन कार्यालयमा जानकारी दिन आग्रह गर्दै देशव्यापी रुपमा त्यस्तो उजुरी टिपाउनका लागि फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

वक्तव्यमा चाडवाडको बेलामा पटाका लगायतका विस्फोटक पदार्थ आयात नगर्न र आफना बालबालिकालाई दिन निरुत्साहित गर्न समेत आग्रह गरेको छ ।

यस विपरित कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस