‘भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘भ्रष्टाचार नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ’


१५ आश्विन २०७६, बुधबार


काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नागरिक सचेत नभएसम्म भ्रष्टाचार रोक्न नसकिने बताउएका छन् ।

‘मिसन नेपाल’ नामक संस्थाको आयोजनामा आज काठमाडौँमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले अहिलेको अवस्था हेर्दा भ्रष्टाचार रोकिने स्थिति नदेखिएकोसमेत उल्लेख गरे । ‘अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी रोकिन्छ भ्रष्टाचार’, पूर्वप्रधानमन्त्री चन्दले भने ।

उनले भ्रष्टाचार रोक्न जनतालाई चेतनशील बनाउनुपर्नेमा जोड दिए । मुलुकमा समावेशी अवधारणालाई अर्कैरुपमा व्याख्या गरिएकामा चिन्ता प्रकट गर्दै उनले एकता र मानवता कायम गर्ने गरी समान अवसर प्रदान गर्नु नै समावेशी हो भन्दै अहिले व्यक्तिव्यक्ति बीचको फुट ल्याउने गरी समावेशीतालाई प्रयोग गरिएको बताए ।

कार्यक्रममा मिसन नेपालका अध्यक्ष केपी शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकलाई परिवर्तन गर्न स्वतन्त्ररुपमा संस्था खोलेर जनतालाई सचेत बनाउने प्रयास थालिएको बताए । सो क्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस