५ लाख घुससहित ओभरसियर पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५ लाख घुससहित ओभरसियर पक्राउ


१५ आश्विन २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको छ ।

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण-पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गालबाट खटेको अख्तियारको कार्यालय परिसरबाटै उनलाई मंगलबार नियन्त्रणमा लिएको कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस