चीनले गर्‍यो शक्ति प्रदर्शन (फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनले गर्‍यो शक्ति प्रदर्शन (फोटो फिचर)


१४ आश्विन २०७६, मंगलबार


एजेन्सी । चीनले कम्युनिस्ट शासन पूरा भएको ७० औँ वर्ष पूरा भएको अवसरमा मंगलवार विशाल सैन्य परेड गरेको छ। परेडमा चीनले शक्तिशाली क्षेप्यास्त्र र घातक हतियार प्रदर्शन गर्‍यो।

चीनको उक्त परेडलाई संसारमा आफ्नो शक्ति प्रदर्शनका रूपमा लिइएको छ। उसले प्रदर्शन गरेका क्षेप्यास्त्र अन्तरमहाद्वीपीय क्षेप्यास्त्र तोङफङ-४१ र तोङफङ-१७ पनि सामेल थिए। ती क्षेप्यास्त्रले १५ हजार किलोमीटर दूरीसम्म मार हान्न सक्छन्। संसारकै सबैभन्दा टाढासम्म मार हान्न सक्ने क्षेप्यास्त्र डीएफ-४१ पनि प्रदर्शन गरिएको थियो। चीनले आफ्नो परेडमा यो क्षेप्यास्त्र पहिलोपटक प्रदर्शन गरेको हो।

चीनले गत वर्ष आफ्नो सेनाका लागि २ खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गरेको थियो। अमेरिकी सेनाले ६ खर्ब ५० अर्ब डलर खर्चिएको थियो। चीनसँग करीब २८० परमाणु हतियार छन् ।

युद्धक विमान, एयरक्राफ्ट क्यारियर, सुपरसोनिक क्षेप्यास्त्र र आणविक क्षमतायुक्त पनडुब्बी पनि प्रदर्शन गरिएको छ। चीनमा गृहयुद्धपछि १ अक्टोबर १९४९ मा माओ च तुङले जनगणतन्त्र चीन स्थापना भएको घोषणा गरेका थिए। चीनले उक्त सैन्य प्रदर्शनीबाट अमेरिकालाई आफ्नो शक्ति प्रदर्शन गरेको विज्ञहरूको दाबी छ।

 

 

प्रतिक्रिया दिनुहोस