जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै नेपाल


१४ आश्विन २०७६, मंगलबार


काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा इण्डियन एशोसिएसन क्रिकेट मैदानमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा भने सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस