२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

अ+ अ-

अमरगढी । लगातारको अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भाँसिदै गएपछि यातायातका साधन चल्ने अवस्था नभएको उग्रतारा यातायात प्रालिले जनाएको छ ।

बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा बेलापुर सडक अविरल वर्षाका कारणले अवरुद्ध भएका छन् । पाँच दिनदेखि परेको अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तरगत डोला बस्तीस्थित सडक भाँसिदा सास्ती भएको सोहीरुटका सवारी चालक उमेश मालीले जानकारी दिए । सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपरेको उनको गुनासो छ ।

यस्तै गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाका सडक चिरा–चिरा भइ भासिँदै गएको अवस्थामा पुगेका उनको भनाइ छ । गन्यापधुरा–२ कोरगाउँ जोड्ने जिरोप्वाइन्ट र पारिखेत जोड्ने बाटो अवरुद्ध भएको हो । दशैँ–तिहारमा दैनिकजस्तै घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडकमा लगातारको वर्षाले अवरुद्ध बनाउँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ ।

जताततै भिरालो ठाउँमा सडक खन्नालले र सडकको स्तरोन्नति नहुँदा यस्तो समस्या आएको नवदुर्गा–४ का स्थानीयवासी गणेश कैनीले गुनासो गरे। सडक अवरुद्ध हुँदा घर जान नापाएको र सदरमुकाममा बस्नुपरेको उनले बताए। उनी दशैँका लागि भारतको मुम्बईबाट आएका हुन् ।