२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवा करोड बढीको कफी उत्पादन

अ+ अ-

चौतारा । सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको छ । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको पार्चमेण्ट ग्रिनवीच कफीप्रति प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १०.३ मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमै खपत हुने गरेको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिए। कफीखेतीबाट जिल्लाका किसानले वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका उनले बताए ।

कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमीनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भू–क्षय रोक्नसमेत सघाउ पुर्‍याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी सङ्घ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो ।

जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर र पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेतीको विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । प्राङ्गारिक प्रमाणपत्रका आधारमा १४ देखि १६ मिलीमिटरको कफी विदेश निर्यात हुने गरिएको छ ।

दिनप्रतिदिन कफी पिउने नेपालीको सङ्ख्यामा वृद्धि हुन थालेपछि बाँकी कफी स्वदेशमै खपत हुने गरेको सङ्घका पूर्वअध्यक्ष एवं केन्द्रीय कफी सहकारी सङ्घका उपाध्यक्ष सुदर्शन बोलखेले बताए । सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारा रोग लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको उनले बताए । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०/३२ जनाले रोजगारीसमेत पाइका सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस