‘दशैंमा मासुको अभाव नहुने’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘दशैंमा मासुको अभाव नहुने’


१३ आश्विन २०७६, सोमबार


काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने जिकिर गरेका छन् । आज आयोजना गरिएको साक्षात्कार कार्यक्रममा उनले बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने चेतावनी दिए ।

उनले दशैँमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए । मन्त्री खनालले आवश्यक परे आफू पनि अनुगमनमा जाने जानकारी गर्राए ।

अष्टमीदेखि दशमीसम्म तीन दिन नेपालमा अधिक मासुको खपत हुने गरेको छ । सोमध्ये उपत्यकामा मात्र तीन दिनका लागि ३५ लाख खसी बोकाको खपत हुने अनुमान गरिएको छ । मासुको अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध भने लगाएको छैन । आयातित पशुपक्षीको अनिवार्य जाँच हुनुपर्ने जनाएको छ ।

पशुसेवा विभागको तथ्याङ्कमा यसवर्ष काठमाडौँ उपत्यकामा छ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ । खसीबोका बाहेक, कुखुरा नौ लाख र राँगा १५ लाख किलो आवश्यक पर्छ ।

उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ, भने त्यसका अतिरिक्त खाद्य संस्थानले २ हजार र निजी व्यवसायीले छ हजार भेडाच्याङ्ग्रा ल्याउने भएका छन् ।

व्यापारीले उपत्यकामा तराईका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका तथा मनाङ्, मुस्ताङ्, रसुवा तथा तिब्बत्बाट भेडाच्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् । तीन दिन दशैँमा माछा, भेडाच्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बङ्गुर, सुङ्गुर र बँदेलको मासु पनि खपत हुन्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस