२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री खतिवडा

अ+ अ-

काभ्रेपलाञ्चोक । अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पुर्‍याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए ।

उनले भने, ‘मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पुर्‍याइसक्नेछौँ ।’ विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पुर्‍याएको उनले जानकारी गराए । मन्त्री खतिवडाले बैंक, लद्युवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिए ।

‘सङ्ख्याको विस्तारलाई रुपान्तरण गरी सरकार जोडबलका साथ वित्तीय संस्था ‘मर्ज’ गर्ने विषयमा लागेको छ’, उनले भने । उनले १० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले ग्रामीण भेगका जनतालाई सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको बताए ।

मन्त्री खतिवडाले नेपालसँग अब आफैँ वित्तीय सेवा हाक्नसक्ने सामथ्र्य भएको जानकारी गराए । उनले भने, ‘अब स्थानीय र प्रदेश तहमा वित्तीय सेवा परिचालन गर्न संयन्त्र बनाउने, कानून निर्माण, संघीय संरचना अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बीमा ऐन र धितोपत्र ऐन संशोधनको प्रक्रियामा छन्, यसपछि वित्तीय प्रणालीमा निकै सुधार हुनेछ ।’ मुलुकमा गरीबीको रेखामुनि रहेका करीब ११ लाख जनसङ्ख्यालाई स्वरोजगारी वा अन्य कुनै ज्याला व्यवसायमा संलग्न गराई अबका तीन वर्षमा शून्य बनाउने गरी सरकार लागेको उनले बताए ।

मन्त्री खतिवडाले ठूलो वित्तीय संस्था गाउँघर पुग्न नसक्दा मध्यम र साना व्यवसायीका लागि लघुवित्तीय संस्थाको अवधारणा ल्याएको स्मरण गराउँदै लघुवित्तीय मुनाफारहीत हुनुपर्नेमा जोड दिए । ‘लघुवित्तीय संस्थाले सामाजिक व्यवसायमा जोड दिई निश्चित नाफा लिनुपर्छ, अन्य सामाजिक काम ठान्नुपर्छ’, उनले भने ।

उनले सामुदायिक वन ऐनमा संघीय सरकारले साल र खयरलाई समुदाय भन्दा बाहिर बिक्री गर्दा १० प्रतिशत कर लगाउने बोहक अन्य कुनै पनि कर नलगाएको र स्थानीय, प्रदेश तथा संघमा कुनै प्रकारको दोहोरो कर नलगाइएको स्पष्ट पारे ।

पूर्वमन्त्री हरि पराजुली, प्रदेशसभा सदस्य चन्द्र लामा, नपाका उपप्रमुख गीता बञ्जारालगायतले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले हाल १० जिल्लाका १६ स्थानमा तथा आगामी पाँच वर्षमा ४३ जिल्लामा ६० शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस