वर्तमान संविधान जनताले निर्माण गरेको : पूर्वसभामुख नेम्वाङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्तमान संविधान जनताले निर्माण गरेको : पूर्वसभामुख नेम्वाङ


१३ आश्विन २०७६, सोमबार


इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए ।

आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो संघर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्‍याउन आफू प्रयत्नशील रहेको उनले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, उनले भने, ‘अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ ।’ जिल्लका सबै घरमा विद्युत् पुर्‍याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस