२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवदुर्गा भगवती मूर्ति अनावरण

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय तीर्थ स्थल डोटीको शैलेश्वरी मन्दिरको देउता नवदुर्गा भगवतीको मूर्ति अनावरण गरिएको छ ।

शैलेश्वरी क्षेत्र विकास समितिले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी मूर्तिको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु सलामी र शिखर नगरपालिकाका नगर प्रमुख सिता राम जोशीको हातबाट संयुक्त रूपमा अनावरण गराएका थिए ।

आज अनावरण गरिएको मूर्तिको ९ दिन सम्म पूजाआजा पूर्णिमाको दिनमा पूजाआजा सहित नदीमा विसर्जन गरिने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले बताए ।

उनले भने ‘ शैलेश्वरी माता एक विपत्ति हो पुरानो किम्बदन्ती अनुसार पुर्दापुर्दै महीसासुर, कुण्डलिनी , रक्तनिर, सुम्प र खुम्बु नामक राक्षसहरूले देवतालाई दुःख दिन थालेपछि भगवान् विष्णु, बर्मा र महेश्वरले मिलेर शक्ति निकाले शक्तिका कारण भगवती दुर्गाले राक्षसको नाश गरी विजय प्राप्त गरेको प्रतिमूर्तिको रूपमा मूर्ति निर्माण गरी दशौँ दिन असत्य माथिको सत्य प्राप्त गरेको अवसरमा विजया दशमी मनाउँदै आएको बताए ।

अनावरण कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले यस्ता कार्यक्रमले परापूर्व कालदेखि चलन चल्तीमा रहेको संस्कृतिको जगेर्ना, संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने कुरामा जोड दिएका थिए ।

मूर्ति अनावरण कार्यक्रमको अवसरमा समितिले डोटी जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई मजबुत बनाउन अहम् भूमिका निर्वाह गरेको भन्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेललाई , द्वय नगर प्रमुख जोशी र मालिस सहित तिनै जनालाई दोसल्ला, प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रममा द्वय नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सयल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रे, प्रहरी उपरीक्षक दिलीप सीँ देउवा लगायत जिल्लाका सरोकार वाला निकायहरूको सहभागिता रहको थियो ।