२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाकोटका सबै विद्यालयमा एउटै पोशाक हुने

अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोशाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिकसत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोशाकमा एकरुपता ल्याउने निर्णय गरेको हो ।

गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले नगरका १८ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोशाक हुनुपर्ने भन्दै सबै विद्यालयलाई परिपत्र गरेको छ । हामी सबै समान छौँ भन्ने भावनाको विकास गराउन विद्यालय पोशाकमा एकरुपता ल्याउन लागिएको गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले बताए।

सबै विद्यालयको पाठ्यक्रम एउटै भएपछि पोशाकसमेत एउटै हुनुपर्छ भन्ने आधारमा विद्यालको पोशाकमा एकरुपता ल्याउन लागिएको नगर शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले बताए । शिक्षा शाखा प्रमुख चापागाईँका अनुसार विद्यार्थीको सर्ट नीलो रङ्गको, पाइन्ट÷स्कर्ट÷कोट खरानी रङ्गको, रिबन रातो, जुत्ता कालो तथा मोजा नीलो हुनुपर्नेछ । मङ्गलबार र शुक्रबार भने विद्यालयले आफ्नो तरिकाले पोशाक निर्धारण गर्न पाउनेछन् ।

त्यसैगरी विद्यालयको भवन र सवारीसाधनको रङमा समेत एकरुपता ल्याउनका लागि सबै संस्थागत विद्यालयलाई परिपत्र गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ बाट विद्यालय भवनको बाहिरी रङ पहेँलो, छानो रातो, झ्याल सेतो वा खैरो, भवनको भित्री कोठा हस्तीहाड रङको बनाउन संस्थागत र सामुदायिक विद्यालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै विद्यालय ओसार्न प्रयोग हुने सवारीसाधनको रङसमेत पहेँलो बनाउन निर्देशन दिइएको चापागाईँले बताए । सामुदायिक विद्यालयको रङरोगनका लागि भने गैँडाकोट नगरपालिकाले केही रकम प्रदान गर्ने भएको छ । माध्यमिक तहसम्म सञ्चालन भएको सामुदायिक विद्यालयलाई रु ७५ हजार, आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएको विद्यालयलाई रु ५० हजार र आधारभूत तह कक्षा ५ सम्म सञ्चालन भएको विद्यालयलाई रु ३५ हजार उपलब्ध गराइने चापागाईँले बताए ।

विद्यालयको रङ देखेपछि शैक्षिक संस्थाको नजीकमा पुगेको बोध होस् भनेर नगर क्षेत्रका सबै विद्यालयलाई एकै प्रकारको रङ लगाउन निर्देशन दिइएको चापागाईंले बताए । गैँडाकोट नगरपालिकामा ३५ सामुदायिक तथा २० वटा संस्थागत विद्यालय रहेको चापागाईंले बताए । यहाँका विद्यालयमा करीब २० हजार विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस