२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादनले बजार नपाउँदा किसान चिन्तित

अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वको हिमाली क्षेत्रमा प्रशस्त मात्रामा स्याउ उत्पादन हुन्छ । पुथा उत्तरगङ्गावासीका अधिकांश घरमा र भूमे गाउँपालिकाको केही क्षेत्रमा स्याउका बोट छन् । बोटमा लटरम्म स्याउ फलेका छन् ।

स्याउ किसानलाई बोटबाट स्याउ टिप्ने चटारो छ । तर, यतिबेला किसान निकै चिन्तित देखिन्छन् । उनीहरुलाई चिन्ता छ, फलेको यो स्याउलाई अब के गर्ने ? जिल्लाको सदरमुकाम रहेको सिस्ने गाउँपालिका रुकुमकोटमा प्रतिकिलो स्याउको मूल्य रु २०० पर्छ । तर पुथा उत्तरगङ्गा गाउँपालिकामा उत्पादन भएको स्याउको मूल्य भने २०/३० रुपैयाँ पर्ने गरेको छ । उत्पादन प्रशस्त मात्रामा हुने तर उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् । सडक पुगेको कतिपय ठाउँमा वर्षातका कारण अवरुद्ध सडक सुचारु भएको छैन भने अधिकांश ठाउँमा सडक सुविधा पुगेकै छैन ।

यातायातको सुविधा नहुँदा उत्पादित स्याउ ढुवानी हुन नसकेको स्थानीयवासीले बताएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका, पेल्माका स्याउ किसान वासु बुढामगरको घरमा एक हजार स्याउका बोट छन् । ती बोटले चार वर्षदेखि फल दिन थालेको उनी बताउँछन् । उनले लगाएका स्याउका प्रतिबोटले तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लगाउने गरेका छन् । “स्याउ बगैँचामा पुग्दा परिश्रमको फल हेरी निकै आनन्द महसुस गर्छु तर परिश्रम खेर जाने चिन्ताले निकै सताउने गरेको छ”, उनले भने, “गाउँमा सडक पुगेको छैन, ढुवानी हुँदैन, घरमा कोही किन्न आयो भने महँगो पैसा तिर्दैनन्, प्रतिकेजी २०/३० मा बेच्ने गरेको छु ।” घरमा फलेको थुप्रो स्याउ दुई तीन किलो बेचेर नसकिने भएकाले गाईभैँसी तथा भेडाबाख्रालाई खुवाउने गरेकोसमेत उनले बताए ।

सोही ठाउँका अर्का लजिम पुनले पनि आफूले उत्पादन गरेको स्याउ प्रतिकेजी ३० मा बेच्ने गरेको बताए । जैविक स्याउ उत्पादन गर्ने गरेको तर, भौगोलिक विकटताका कारण बजारसम्म पुर्‍याउन नसक्दा आफूहरुले लाभ लिन नसकेको उनको भनाइ छ । सोही ठाउँका अर्का किसान हर्कबहादुर कामीले भने, “यातायातको सुविधा छैन, घोडामार्फत ढुवानी गर्दा स्याउ बिग्रने र महङ्गो पर्न जान्छ ।” उत्पादनलाई भण्डारण गरौँ भने पनि शीतभण्डारको व्यवस्था नभएको उनले बताए ।

भूमे गाउँपालिका–१ लुकुमको मैजाकुङस्थित तीर्थबहादुर पुनको बारीमा लगाएको एउटा स्याउको बोटमा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । उनको बारीमा ३३० वटा स्याउको बिरुवा छन् । उनको घरमाथिसम्म सडक पुगेको छ । वर्षाका कारण अवरुद्ध भएको सडक नखुल्दा स्याउ घरमै थुप्रिएको उनले बताए ।

अब छिट्टै सडक सुचारु नभए स्याउ कुहिएर जाने चिन्ताले उनलाई सताइरहेको छ । यतिबेला रुकुमपूर्वका स्याउ किसानले आफूकहाँ आएका पाहुनालाई डोकाभरि स्याउ दिएर फर्काउने गरेका छन् । उनीहरु भन्छन्, “स्याउ कुहिएर जानुभन्दा आफन्तलाई कोसेली दिएर पठाउने गरेका छौँ ।”

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइवाङ, रल्तिजाङ, हुकाम, मयाङलगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जालगायतको क्षेत्र स्याउ फल्ने ठाउँ हुन् । रुकुमपूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बोट लिएर रोपेका हुन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् । लगाएको छोटो समयमै स्याउको बोटले राम्रो फल दिन थालेपछि खुशी भएका किसान यतिबेला स्याउले बजार नपाउदा दुःखी बनेका छन् ।

अहिले जिल्लामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुराको यकिन तथ्याङ्क भने छैन । गाउँपालिकामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुरा पत्ता लगाउन पुथा उत्तरगङ्गा गाउँपालिकाले कृषि प्राविधिक खटाएको बताएको छ । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले स्याउ उत्पादन हुने क्षेत्रमा पुगेर गाउँपालिकाभरि कति स्याउ उत्पादन हुन्छ भनेर तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताए ।

त्यसैगरी पुथा उत्तरगङ्गा गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले रु आठ/आठ गरी १६ लाख बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले जानकारी दिए। भूमे गाउँपालिकाले भने भूमेलाई कृषि जैविक गाउँपालिका बनाउने लक्ष्यका साथ कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए।

जिल्लामा बिरुवा उत्पादन, खेती गर्ने तरिका र यस क्षेत्रको भौगोलिक अध्यनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ । रासस

प्रतिक्रिया दिनुहोस