दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनासहित १० जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनासहित १० जनाविरुद्ध मुद्दा


७ आश्विन २०७६, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएको आयोगले जनाएको छ ।

संस्थानलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको भन्ने उजुरीमाथि छानबिन गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार तत्कालीन महाप्रबन्धक तिमल्सिनाविरुद्ध रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस