२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारसँग अलमलिने समय छैन : जम्मकट्टेल

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारसँग अलमल गरेर बस्ने समय नभएको बताएका छन् । प्रदेश सरकारको आर्थिक अनुदानमा मकवानपुरका विभिन्न स्थानमा निर्माण गरिएका प्रहरी भवनको आज अनुमगन गर्दै उनले कतिपय ठाउँमा ठेकेदारका कारण काम अवरुद्ध हुने गरेको बताए ।

मन्त्री जम्मकट्टेलले तोकिएको समयमा कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्माणमा संलग्न ठेकेदार तथा कर्मचारीलाई निर्देशन दिए । ‘टहरामा बसेर नागरिकको सेवामा तैनाथ सुरक्षाकर्मीको दुःख देखेर भवन निर्माणको निर्णय गरिएको हो’, उनले भने ।

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको रकम रोक्का गर्ने तथा आगामी योजनामा उनीहरुलाई सहभागी नगराइने बताए । मन्त्री जम्मकट्टेलले बकैया गाउँपालिका, हेटौँडा–१५ र हेटौँडा–११ मा निर्माणाधीन प्रहरी चौकी तथा भीमफेदी कारागार परिसरमा निर्माणाधीन महिला बन्दी गृहको अनुगमन गरे । सो अवसरमा उनले काम गराई सन्तोषजनक नभएको भन्दै प्रदेश सरकारको गतिअनुसार काम गर्न निर्देशन दिए । ‘प्रदेश सरकारको उद्देश्यअनुसार काम सम्पन्न गर्नुस्’, उनले भने ।

अनुगमनका क्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरेको बताए । सो अवसरमा प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेत, प्रजिअ प्रेमराज जोशी र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भवन निर्माणपछि सुरक्षाकर्मीलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राखे । प्रदेश सरकारले प्रदेशभर ४८ प्रहरी चौकी भवन निर्माण गरिरहेको छ ।