केन्याको एक विद्यालयको कक्षाकोठा भत्किँदा ७ विद्यार्थीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

केन्याको एक विद्यालयको कक्षाकोठा भत्किँदा ७ विद्यार्थीको मृत्यु


६ आश्विन २०७६, सोमबार


नैरोबी । केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताएका छन् ।

सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गरेको समाचारमा जनाइएको छ । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो । यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ ।रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस