२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक कागतीखेतीमा किसान

अ+ अ-

डोटी । जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गरेका छन् । परीक्षणका लागि उनले पाँच सय कागतीका बिरुवा लगाएका थिए ।

कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लागेका छन् । ‘राम्रै आम्दानी होला जस्तो छ’, उनले भने । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोपेका छन् । केही वर्ष अघिसम्म अध्यापन पेशामा आवद्ध देउवा पछिल्लो समय पढाउन छोडेर व्यावसायिक कृषि पेशामा सक्रिय छन् ।

कागती भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । त्यसलाई रोक्नका लागि आपूmले व्यावसायिक कागतीखेती शुरु गरेको देउवा बताउछन् । कागती फलेपछि अहिले उनको नर्सरीमा हेर्न आउनेको घुइँचो नै लाग्छ । कागतीखेती गर्न राम्रो सम्भावना भएको ठाउँ भएकाले अहिले यहाँका अधिकांश किसान व्यावसायिकरुपमा कागतीखेती गर्न थालेका छन् । देउवाले गन्याप कृषि उत्पादन तथा बिक्री केन्द्र फार्म स्थापना गरी कृषि पेशा थालेका हुन् ।

अहिले उनले व्यावसायिक तरकारीखेती, गाई तथा भैँसीपालनसमेत गर्दै आएका छन् । जोरायल गाउँपालिकामा कागतीखेतीको राम्रो सम्भावना भएकाले कागतीको बिरुवा अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताइन् । ‘हामीले उक्त पेशालाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएका छौँ’, उनले भनिन् । यहाँका जोरायल, गड्सेरा, निरौली, केआई सिंह, शिखर नगरपालिकालगायत ठाउँमा कागतीखेतीको पर्याप्त सम्भावना भएको कृषि प्राविधिक मदन खड्काले बताइन् । चिसो तथा भिरालो ठाउँमा कागतीखेती गर्न सकिन्छ । बजारमा कागतीको चुकको मूल्य प्रतिलिटर रु दुई सयदेखी रु पाँच सयसम्म पर्छ ।रासस

प्रतिक्रिया दिनुहोस