२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका विषयलाई जोडदार रुपमा राष्ट्रसङ्घमा उठाइँदै

अ+ अ-

काठमाडौं । गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ ।

विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा उपप्रधानमन्त्री अथवा विदेशमन्त्री र प्रतिनिधिको सहभागितामा हुने जलवायु परिवर्तन, दिगो विकास, विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकास लागि लगानी, अल्प विकसित मुलुकका मामिलालगायत विषय हुने बैठकमा नेपालले पनि सक्रिय भएर आफ्ना विकासका प्राथमिकता र साझा चासोका अन्तर्राष्ट्रिय मुद्दामा अभिमत प्रस्तुत गर्नेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा यही असोज ६ गते हुने जलवायु परिवर्तनसम्बन्धी बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । बैठकमा नेपाल सरकारले जलवायु परिवर्तन–२०७६ कार्यान्वयनका साथै अनुकूलन क्षमता वृद्धिका दिशामा अपनाएका उपाय, कृषि र खाद्य सुरक्षा, वन तथा जैविक विविधता, संरक्षणका क्षेत्रमा गरेका प्रगतिबारे जानकारी गराउनेछ ।

अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिले मानव जीविकोपार्जनमा पारेका असर र प्रभाव घटाउने, हरितगृह ग्यास उत्सर्जनमा शून्य योगदान गरेको नेपाल जलवायु परिवर्तनका दुष्परिणाम भोग्न बाध्य भएको वास्तविकता पनि बैठकमा प्रस्तुत हुनेछ ।

त्यसैगरी विश्वव्यापी स्वास्थ्य सरोकार बैठकमा दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी तेस्रो लक्ष्य प्राप्तिका दिशामा नेपाल सरकारबाट भएका प्रयत्नका साथै अन्तर्राष्ट्रिय समुदायको सहयोग विस्तारको समीक्षा पनि हुनेछ ।

प्रतिनिधिमण्डलका नेता ज्ञवालीसहित उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव डा पुष्पा चौधरी सम्मिलित उक्त बैठकमा नेपालले स्वास्थ्यका क्षेत्रमा हासिल गरेका उपलब्धि र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सुनाइनेछ ।

स्रहस्राब्दी विकास लक्ष्यको अत्यावधिक मूल्याङ्कनसम्बन्धी अर्को बैठकमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मासहित राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीले मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डललाई साथ दिनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस