डेङ्गुको बिरामी बढ्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डेङ्गुको बिरामी बढ्दै


२ आश्विन २०७६, बिहिबार


मकवानपुर । प्रदेश नं ३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको प्रकोप बढ्दै गएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा आजसम्म चार हजार ८०० जनालाई डेङ्गु लागेको जनाइएको छ । डेङ्गुगबाट चितवनमा एक हजार ८६०, काठमाडौँमा एक हजार ३७०, मकवानपुरमा एक हजार ११०, ललितपुरमा १७, भक्तपुरमा १४५, धादिङमा ३२, काभ्रेमा १२, नुवाकोटमा ६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै दोलखा, रामेछाप र सिन्धुलीमा एक/एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । डेङ्गुका कारण चितवनमा दुई जना र सिन्धलीमा एक गरी यो प्रदेशमा तीन जनाको मृत्यु भएको मन्त्रालयको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । डेङ्गु प्रकोप बढेसँगै गाउँका स्वास्थ्य संस्थासँगै जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको भिड लाग्ने गरेको सम्बन्धित संस्थाले जनाएका छन् ।

मकवानपुर राक्सिराङ गाउँपालिकाले डेङ्गु रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत जनही रु तीन हजार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

उक्त गाउँपालिकामा अस्पताल नभएको कारण बाध्य भएर जिल्ला अस्पतालमा बिरामी लानु परेकाले सो रकम उपलब्ध गराउनुपरेको उनले बताए। यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि हेटौँडा अस्पताल लगायतलाई डेङ्गु परीक्षण किट उपलब्ध गराएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस