संविधान दिवसको अवसरमा बृहत सरसफाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधान दिवसको अवसरमा बृहत सरसफाई


२ आश्विन २०७६, बिहिबार


डोटी । डोटीमा संविधान दिवसको पुर्व सन्धामा जिल्ला सदरमुकाम सिलगढीमा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।

दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी कार्यालयको चोक सम्म बृहत सरसफाई गरिएको हो । दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐर,डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडेल, प्रहरी उपरिक्षक दिलीप सिं देउवा, दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख शिवराज खड्का अन्य जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकमी,पत्रकार ,स्थानीय लगाएतको सहभागिता रहेको थियो ।

संविधान दिवसकै अवसरका शुक्रबार पनि सिलगढीको ईन्द्रचौक देखि जिल्ला समन्वय समितिको कार्यलय सम्म र्‍याली र झाँकी सहित कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस