प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत


२ आश्विन २०७६, बिहिबार


काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त तीन विधेयकलाई स्वीकृत गरेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ राष्ट्रियसभाबाट भएको संशोधन सहित स्वीकृत गरिएका हुन्।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५लाई बैठकले सर्वसम्मति स्वीकृत गरेको थियो। भने भूमिसम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई बहुमतले स्वीकृत गरेको थियो।

प्रतिक्रिया दिनुहोस