उपकरणमा समस्या देखिएपछि ठूला जहाज अवतरण रोकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपकरणमा समस्या देखिएपछि ठूला जहाज अवतरण रोकियो


२ आश्विन २०७६, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण रोकिएको छ ।

विमानस्थलमा प्राविधिक समस्या देखिएपछि त्यसबारे बुझ्ने काम भइरहेको छ । विमानस्थल स्रोतका अधिकारीहरुका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ ।

७ वटा अन्तर्राष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेका छन् । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् ।

भीओआररडीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् । आन्तरिक उडान भने सामान्य छन् ।

प्रतिक्रिया दिनुहोस