राष्ट्रियसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित


१ आश्विन २०७६, बुधबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीन विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । तीनवटै विधेकलाई पारित गर्नुपूर्व बैठकमा दफावार छलफल भई छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक बिहीबार अपराह्न ३ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस