बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१ आश्विन २०७६, बुधबार


बस दुर्घटना

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक सानोभर्‍याङ निवासी २० वर्षीय सम्मान भट्टको मङ्गलबार राति मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर घाइते भट्टको वनस्थली ढुङ्गेधारामा रहेको साइबाबा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न बसका चालक नुवाकोट तारकेश्वरका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सुवेदीले बताए । मृतकको शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको वृत्तले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस