२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात हजार सवारी चालकलाई कारवाही

अ+ अ-

चुरियामाई । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने छ हजार ६७७ लाई कारवाही गरिएको हो ।

सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियमविपरीत मात्र नभई बढ्दो सवारी दुर्घटना भएकाले उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने चार हजार नौलाई कारवाही गरिएको थियो । उक्त कारवाहीबाट २३ लाख ६८ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी आव २०७५/७६ मा दुई हजार ५२८ ले सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ । उक्त कारवाहीबाट रु १८ लाख ४१ हजार जरिवाना उठाइएको जनाइएको छ । त्यस्तै चालू आवको २०७६/७७ का दुई महीनाको अवधिमा प्रहरीले १४० लाई सवारी चालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारवाही गरेको जनाइएको छ । उक्त कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भइसकेको ट्राफिकले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकालले पछिल्लो समय डरलाग्दो गतिमा सवारी दुर्घटना बढेको हुँदा सवारी चलाउन परिपक्व भएकाले मात्रै चलाऊन् भन्ने हेतुले सवारी चालक अनुमतिपत्र थप अनिवार्य गर्न जरिवाना रकम पनि बढेको जानकारी दिए। उनले गत वर्षसम्म प्रकृति हेरेर ५०० देखि एक हजारसम्म जरिवाना गरिएको भए पनि चालू आवदेखि सवारी चालक अनुमतिपत्र नहुनेलाई एक हजार जरिवानाको व्यवस्था गरिएको बताए ।

पछिल्लो समय सवारी चालक अनुमतिपत्र नभएका तथा उमेर नै नपुगेका युवाले अत्यधिक तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको उनको भनाइ छ । जसले गर्दा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो छ । गत वर्ष मात्रै जिल्लामा ५३ को दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ । त्यसमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सोह्रदेखि २५ वर्ष समूहका युवाले अत्यधिक मात्रामा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढकालले बताए । उनले गत वर्ष दूर्घटनामा संलग्न सवारीमध्ये सबैभन्दा धेरै ६९ मोटरसाइकल रहेका छन् । त्यसमा अधिकांश १६ देखि २५ वर्षका सवारी चालक अनुमतिपत्र नभएका युवा रहेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस