२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

अ+ अ-

मार्तडी । जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् ।

बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए। उनले भने, ‘कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।’

बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल रु ४५, सोना मनसुली रु ४८ र जिरा मसिना चामल रु ६२ का दरले बिक्री गर्दै आएको छ । ‘बजारको मूल्यभन्दा रु पाँचभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेको छैन्’, प्रमुख ओझाले भने ।

उनका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथ्यो तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् । संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उनले चिन्ता व्यक्त गरे । यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ, शाखा प्रमुख ओझाको भनाइ छ ।

दशैँमा खाद्य अभाव नहुने

यस वर्षको दशैँ र तिहारमा खाद्य अभाव नहुने भएको छ । गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए ।

सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६९७ क्विन्टल गरी कूल ५ हजार १७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए । विगतका वर्षजस्तै जिल्लामा चालम छैन । खाद्य अभावले सङ्कट निम्त्याउँला भन्ने आशङ्का नरहेको उनको भनाइ छ ।

मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो दुई हजार ७०, मोटो एक हजार ७०० र सोना मनसुली ७८१ क्विन्टल चामल रहेका छन् । तीमध्ये साउन महीनामा मात्र २०० क्विन्टल चामल बिक्री भएको छ । अघिल्लो वर्ष साउन भदौमा एक हजार १०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको संस्थानले जनाएको छ ।

यसैगरी पूर्वी उत्तरी भेगका तीन स्थानीय तह लक्षित गरी स्थापना गरिएको कोल्टी डिपो केन्द्रमा सोना मनसुली ६००, जिरा मसिनो दुई हजार ५०० र मोटो चामल एक हजार ५०० क्विन्टल रहेको छ ।

बिक्री केन्द्रमा चामल छैन

जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीय तहलाई लक्षित गरी कवाडीमा सञ्चालन गरिएको बिक्री केन्द्रमा चामलको अभाव रहेको छ । केन्द्रमा चामलको अभाव भएपछि उपभोक्ताहरु रितो हात घर फर्कन बाध्य भएका छन् । दशैँ तिहारका लागि जोहो गर्न केन्द्रमा आउने स्थानीय उपभोक्ताहरुले चामल नपाएपछि बजारबाट चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो स्थानीयवासीको छ ।

सो बिक्री केन्द्रबाट हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयवासीलाई चामल बिक्री हुँदै आएको छ । चामल ढुवानीका लागि ठेक्का प्रक्रिया सम्झौता भईसकेकाले दशैँ अगावै चामल पुर्‍याउने गरी पहल भइरहेको प्रमुख ओझाले बताए । उनले बिक्री केन्द्र भएका कारणले कर्मचारी नबस्ने र ठेक्का प्रक्रियाको माध्यमले कोल्टीबाट चामल पुर्‍याएर बिक्री गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको दाबी छ ।

हिमाली गाउँपालिकाको बिच्छ्याबाट कोल्टी आउनजान चार दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । सोही अवस्थालाई मध्ये नजर गर्दै कवाडीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताए ।

तीन बिक्री केन्द्र माग

नेपाल खाद्य संस्थान बाजुराले तीन वटा स्थानीय तहका लागि खाद्यान्न बिक्री केन्द्र माग गरेको एक वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन् ।

जिल्लाको जगन्नाथ गाउँपालिकाको जुड्डी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी र गौमूल गाउँपालिकाको घटमुनाका लागि बिक्री केन्द्र राख्नुपर्ने माग नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयसंग गरेको भए पनि हालसम्म स्वीकृत भएर नआएको प्रमुख ओझाको भनाइ छ ।

भौगोलिक विकटताले सबै जनताले खाद्यको पहुँचमा नपुग्ने भएकाले सो क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउन माग गरेको बताइएको छ । माग गरिएका क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा आए स्थानीयवासीले महँगोमा चामल किन्ने समस्या हट्ने बताइएको छ । रासस