२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखरखेती विस्तार गरिने

अ+ अ-

दार्चुला । जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ ।

उक्त स्थानीय तहमा स्याउखेती नहुने भएपछि ओखरखेती प्रवद्र्धन गरिन लागेको ओझाले जानकारी दिए । विगतदेखि सो क्षेत्रमा ओखरखेती हुँदै आएको छ । थप यस कार्यालयमार्फत जोनकै रूपमा ओखरखेती लगाइने भएको हो । साविकको कृषि शाखा कार्यालयमार्फत पनि विगतमा सो क्षेत्रमा ओखरखेती गरिएको थियो । ओखरमा आत्मनिर्भर बनाउन परियोजनामार्फत ओखरखेती विस्तार गरिन लागेको निमित्त कार्यालय प्रमुख ओझाले बताए ।

यसअघि पनि मालिकार्जुन र शैल्यशिखर क्षेत्रमा राम्रो ओखर उत्पादन हुँदै आएको छ । यो क्षेत्रको ओखर डडेल्धुरा, डोटी तथा तराईका जिल्लामा निर्यात हुँदै आएको छ । भएकै क्षेत्रमा थप कृषि सामग्री, बोटबिरुवा र उपकरण सहयोग गरेर खेती विस्तार गरिन लागेको कार्यालयले जनाएको छ । जोन कार्यक्रमका लागि ५०० हेक्टर क्षेत्रफलमा ओखरखेती गरिनेछ । यहाँको माटो र मौसम सुहाउँदो तरिकाले ओखरखेती गरिन लागेको हो ।

ओखर समुद्र सतहदेखि एक हजार २०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको पहाडी भू–भागमा उत्तम मानिन्छ । यस क्षेत्रमा उन्नतजातको इङ्गलिस र पर्सियन जातिको ओखरखेती हुँदै आएको छ । ओखरखेती गर्नका लागि समथल जग्गादेखि २० डिग्री भिरालो जग्गासम्म गर्न सकिने कृषि विज्ञ बताउँछन् । यस्तै खेतबारीका डिल, खरबारी, सार्वजनिक जमीन, सामुदायिक वनमा ओखरखेती लगाउन सकिन्छ ।

ओखरखेतीका लागि पानीको निकास राम्रो भएको, पानी नजम्ने तर चिस्यान रहिरहने प्राङ्गारिक पदार्थ भएको दुमट माटो उपयुक्त हुन्छ । हालसम्म यहाँ स्थानीय हाडे ओखर र थिनेसल जातको ओखरखेती गरिँदै आएको छ । यसअघि स्याउ जोन कार्यक्रमअन्तर्गत अपिहिमाल, मार्मा, नौगाड, दुहुँ र व्यास गाउँपालिकामा गत वर्षदेखि स्याउखेती गरिएको छ । पाँच गाउँपालिकामा गत वर्षदेखि स्याउखेती शुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस