२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धानपछि दोषीमाथि कारवाही हुन्छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा भएको घटनामा संलग्न दोषीमाथि अनुसन्धान भइरहेको बताएका छन् । संघीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा बाँके घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले भदौ २६ गते खजुरा गाँउपालिका–१ सीतापुरमा घटेको सो घटनालाई सरकारले गम्भीर रुपमा लिएको सदनलाई जानकारी गराए ।

बिहीबार खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रश सोसाइटीको भवनमा काङ्ग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चान गरेको थियो । सो क्रममा केही व्यक्तिभित्र प्रवेश गरी कार्यक्रम विथोल्न खोज्दा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि आक्रमण हुँदा उनको देब्रे हात भाँचिएको थियो ।

बैठकमा सांसदहरुले सभापति कोइरालाले प्रहरी समक्ष किटानी जाहेरी दिँदासमेत सरकारले दोशीलाई कारवाही नगरेको र मुख्य दोषीलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री थापासँग स्पष्ट जवाफ माग गरेका थिए ।

गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको संसद्मा जानकारी दिए । उनले बाँके कांग्रेसले कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी नदिएको भन्दै घटनास्थलमा थप अनुसन्धान एवं शान्ति सुव्यवस्था बिग्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए ।

गृहमन्त्री थापाले खजुरा घटनालाई राजनीतिक रुपमा नहेर्न आग्रह गरे । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले लगातार राष्ट्रियसभाको बैठक अवरुद्ध गरेपछि भदौ ३० गते सोमबार बस्ने गरी बैठत स्थगित गरिएको छ ।