२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री भट्टद्वारा सुरक्षा निकायका प्रमुखलाई निर्देशन

अ+ अ-

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नजिकिँदै गरेका महान् चाड बडादशैँ, दीपावली र छठ पर्वमा आइपर्ने सुरक्षासम्बन्धी गतिविधिलाई विशेष योजना बनाई कडाइका साथ लागू गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री भट्टले विशेषगरी चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न भारतीय सीमा नाकामा हुने गरेको असहजता र प्रदेशभरिको सुरक्षालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए ।

चाडपर्वमा हुने गरेको कालाबजारी, अशान्ति, सीमा नाकामा हुने आपराधिक गतिविधिलगायतका विभिन्न अप्रिय घटना घटनुभन्दा पहिले नै उच्च सुरक्षा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।