कैलालीका मेयरको कार्यकक्षमा आगलागी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कैलालीका मेयरको कार्यकक्षमा आगलागी


२९ भाद्र २०७६, आइतबार


कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगजनी भएको छ ।

आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको छैन । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा सुरक्षित छन् । मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यद्यपी आगलागी के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस