२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने

अ+ अ-

काठमाडौं । थानकोट–नागढ्ङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रुपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने भएको हो ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जनाएका छन् । उनले निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताएका छन्  । बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ ।

सम्झौतामा नेपालका तर्फबाट सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र निर्माण कम्पनीका प्रमुखले हस्ताक्षर गर्ने तय भएको बताइएको छ । धादिङमा मुआब्जाको समस्या समाधान नहुँदा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ भएको थियो ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताए ।

विस्फोटक पदार्थ भारतबाट आयात गर्नुपर्ने र त्यसको प्रक्रियामा जाँदा कम्तीमा छ महिना लाग्ने छ । वास्तविक टनेल निर्माणको काम सुरु गर्न अझै छ महिना लाग्ने भए पनि त्यसभन्दा अगाडि ‘पहुँच बाटो’ निर्माणलगायतका तयारका कामहरू सुरु गरिने छन् भन्ने समाचार गोरखापत्रमा छ।