वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा तीन दलको फरक मत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा तीन दलको फरक मत


२८ भाद्र २०७६, शनिबार


वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका सम्बन्धमा तीन दलको फरक मत

काठमाडौं । वैवाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धी नयाँ व्यवस्थामा तीन दलले फरक फरक मत राखेका छन् । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शनिबारको बैठकमा कांग्रेस, राजपा र समाजवादी पार्टीका सांसदहरुले लिखितरुपमा फरक मत राखेका हुन् ।

कांग्रेसले नेपाल नागरिकता ऐन २०६३ अनुसारकै व्इवस्था वैवाहिक अंगीकृत नागरिकताका हकमा कायम हुनुपर्ने भन्दे फरक मत दर्ता गराएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ‘नेपाल नागरिकता ऐन २०७५’ मा मूल ऐनको दफा ५ अंगीकृत नागरिकता प्राप्तीको व्यवस्थामा कडाइ गर्न लागेपछि कांग्रेस विरोधमा उत्रिएको हो।

उक्त दफामा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी महिलालाई विवाह गरेको सात वर्षपछि नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको छ। यही व्यवस्था नेपाल नागरिकता ऐन २०६३ अनुसार यथावत हुनुपर्ने अडान कांग्रेसले राखेको हो।

त्यस्तै राजपा र समाजवादीले पनि फरक मत दर्ता गराएर उक्त प्रावधानको विरोध गरेका छन्।

यस्तो छ फरक मत

Tags :
प्रतिक्रिया दिनुहोस