२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन र भारत विश्वासिला विकास साझेदार : मन्त्री ज्ञवाली

अ+ अ-

बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन र भारत नेपालका विश्वाशिला विकास साझेदार बन्दै गएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा दुबै छिमेकी देशको नेपालप्रतिको रुचि र आकर्षण पनि बढ्दै गएको बताए ।

यसैसाता नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा भएको पेट्रोलियम पाइपलाइनको उद्घाटन, केही दिनअघि चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका कारण चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको मन्त्री ज्ञवालीले बताए ।
उनले चिनियाँ समकक्षीको नेपाल भ्रमणका बेला भएको छलफलमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त रहेको र नेपाली जनता चिनियाँ राष्ट्रपतिको स्वागत गर्न उत्सुक रहेको बताए ।

उपयुक्त समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक तहबाट नेपालको भ्रमण हुने चिनियाँ समकक्षीले विश्वास दिलाएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानका लागि प्रबुद्ध समूहले प्रतिवेदन बुझाउने क्रममा रहेको र सरकार सीमा निर्धारण तथा सीमा स्तम्भलाई व्यवस्थित गर्ने प्रयासमा रहेको बताए । उनले भने, ‘जनताको सहज आवागमन अवरुद्ध नहोस्, अवाञ्छित तत्वले गतिविधि पनि गर्न नसकून भन्ने हो ।’ उनले वर्तमान सरकारले धेरै राम्रा काम गरेको भए पनि जनताको अपेक्षा धेरै भएका कारण अझै अपेक्षा पूरा हुन नसकेको तर भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बनेको बताए ।

पार्टी एकीकरणका आधारभूत काम सम्पन्न भएकाले अब पार्टी र सरकारले गरेका राम्रा काम जनताका बिचमा पुर्‍याउने अभियान थालिने मन्त्री ज्ञवालीले बताए ।

मुलुकले गत आर्थिक वर्षमा सात दशमलब एक प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएकाले पनि यसले सरकार सही दिशामा रहेको स्पष्ट हुने उनको भनाइ थियो । विकासोन्मुखबाट विकासशील बन्दै गएको नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा पुर्‍याउने लक्ष्य रहेको मन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस