निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ


२६ भाद्र २०७६, बिहिबार


pakrau

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका-२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका-८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका-१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् । अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले पक्राउ गरेको हो ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका-९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस